२०७८ पौष ३० गते शुक्रबारको राशिफल

न्युजलय ३० पुस २०७८, शुक्रबार ०७:१८ मा प्रकाशित

मेष । आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । सफल यात्रा र आफन्तबाट सहयोग मिल्नेछ ।

 

वृष । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

 

मिथुन । कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

 

कर्कट । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पुर्याउनु पर्छ ।

 

सिंह । आज शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्ला ।

 

कन्या । आज चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल राख्नुहोला ।

 

तुला । उपहार पाइन सक्छ । आफन्तसँग भेटघाटले मन प्रसन्न रहनेछ । नयाँ कार्यको योजना बन्नेछ, तर शृङ्गार तथा अनावश्यक खर्च पनि बढ्नसक्छ ।

 

वृश्चिक । आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

 

धनु । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ ।

 

मकर । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

 

कुम्भ । आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ ।

 

मीन । आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।