सुनचाँदीको मूल्य घट्यो

न्युजलय १८ असोज २०८३, आइतबार ११:३० मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ९०० र चाँदीको मूल्य ६०  रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ९००  कायम भएको छ ।  

त्यस्तै चाँदीको मूल्य चार हजार ३९० रुपैयाँ कायम भएको छ ।