काठमाण्डौ । मंगलबार(आज) सेयर कारोबार नेप्सेमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
आज नेप्सेमा बोटलर्स नेपाल(तराई) र अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो ।
आज कारोबार खुेको केहि समयमा नै यी दुई कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक पछि बोटलर्स नेपाल(तराई) को सेयर मूल्य प्रतिकित्ता १४ हजार ३०८ रुपैयाँ पुगेको छ भने अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६४१.३० पैसा कायम भएको छ ।
आज मंगलबार यी दुबै कम्पनीहरुले चालु आर्थिक बर्षको वित्तिय विवरण प्रकाशित गरेकाछन् । प्रकाशित विवरण अनुसार दुवै कम्पनीहरुको मुनाफामा राम्रो बृद्धि भएको देखिन्छ ।