काठमाडौं । घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन ट–२० क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ ।
मुम्बईमा भइरहेको सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारतले ३–१ को अग्रतासहित सिरिज आफ्नो बनाएको हो ।
यसअघि सुरुवाती दुई खेल भारतले जितेको थियो भने तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पार्दै सिरिजमा फर्केको थियो ।
नेपालले दिएको १६६ रनको लक्ष्य भारतले १० बल अगावै ३ विकेट गुमाएर पुरा गर्यो । अब नेपाल र भारतबीच सिरिजको पाँचौ तथा अन्तिम खेल बिहीबार हुनेछ ।
पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।