घट्यो सुनको भाउ

न्युजलय १३ माघ २०७८, बिहिबार ११:२० मा प्रकाशित

  काठमाण्डौ । बिहिबार(आज) सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो ।

हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।