काठमाण्डौ । देशभर झरी परेको छ । आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिए ।
आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
यस्तै, भोलि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले जानकारी दिए । देशभर मनसुन सक्रिय भएको छ । यसले गर्दा लगातारजसो झरी परिरहेको छ । लगातारको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ ।
मौसमविद्का अनुसार पर्सि शनिवारदेखि भने मौसम खुल्ने सम्भावना छ, लगातार झरी पर्ने छैन ।