काठमाडौं । मंगलबार पनि सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४६.६९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६९२ मा कायम भएको छ ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब १२ करोडको भयो । यस दिन बजार खुलेदेखि दिनभर हरियाली रह्यो ।
कुल २२१ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।