मोरङ कारागारका एकजना कैदीको मृत्यु

न्युजलय २५ कार्तिक २०७८, बिहिबार १२:५३ मा प्रकाशित

विराटनगर । मोरङ कारागारमा एक कैदीको शंकादस्पद  मृत्यु भएको छ।

श्वास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल लाने क्रममा ४३ वर्षीय कैदी नारायण थापाको बाटैमा मृत्यु भएको हो। 

मोरङको रतुवामाई नगरपालिका इटहरा घर भएका कैदी थापालाई  जबर्जस्ती करणी कसुरमा १० वर्ष कैद सजाय भएको थियो। उनले ६ वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए। 

कैदी थापाको मृत्यु शंकास्पद भएको भन्दै कारागारका कैदीबन्दीहरूले छानबिन हुनुपर्ने माग गरेका छन्। 

१६ कात्तिकमा नियुक्त भएका  चौकीदार कार्तिक कामतको समूहले विपक्षी समूहको भन्दै यातना दिँदा थापाको मृत्यु भएको कैदीबन्दीहरूको आरोप  छ।