हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

न्युजलय ३० भदौ २०८१, आइतबार १२:२२ मा प्रकाशित

काठमाडौँ । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएको हाइटीको नागरिक सुरक्षा निकायले जनाएको छ ।

पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको सङ्ख्या २४ पुगेको हो । यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो । 

घाइतेहरूलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका लागि लगिएको छ ।