झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सहमतिबाट पार्टी अघि बढ्नुको विकल्प नभएको बताएका छन् । थापाले एकताको सन्देश दिन आफू झापा आएको बताए ।
पार्टीको प्रदेश नं १ कार्य समितिको प्रथम एकता अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले झापाले सिंगो देश हाँक्ने सामर्थ्य राख्छ ।
कार्यक्रममा झापा क्षेत्र नं ३ का संघीय सांसद तथा नेता राजेन्द्र लिङ्देनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहीन हुन पुगेको भन्दै शीर्ष नेतृत्वले आफूलाई चिन्न नसकेको बताए ।
राप्रपाले आज एकै दिन देशभरका सातै प्रदेशमा अधिवेशन गरेको छ । राप्रपाले आगामी मङ्सिर ११, १२ र १३ गते केन्द्रीय अधिवेशनको गर्ने तय गरेको छ ।