प्रदेश १ मा आज थप ८९ जनामा कोरोना पुष्टि

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०६:४८ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३२, मोरङमा २९, सुनसरीमा ११, इलाममा २, पाँचथर, धनकुटा, उदयपुर र प्रदेश १ बाहिरका १(१ जनामा सङ्क्रमण देखिएको हो।

 

प्रदेश १ मा आज ५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४ महिला र २९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।