सरकार प्रमुखमा कार्कीको नाम फाइनल हुनै लाग्दा शाह वा साङपाङमध्ये एकलाई बनाउन माग

न्युजलय २६ भदौ २०८२, बिहिबार १२:४७ मा प्रकाशित

काठमाडौ । अन्तरीम सरकार प्रमुखको रुपमा पुर्व प्रधान न्यायाधिश सुशीला कार्कीको नाम फाइनल हुने चरणमा रहँदा केही युवाहरुले भने हर्क साङपाङ वा बालेन शाहलाई सरकारप्रुमख बनाउन माग गरेका छन् । 

कार्की मान्य नहुने भन्दै आर्मी हेडक्वाटर जंगी अड्डा बाहिर भेला भएका युवाहरुले उनीहरुको माग गरेका हुन् । 

बालेनले सरकारप्रमुख बन्न इच्छा देखाएका छैनन् भने साङपाङ आफूलाई नेतृत्व दिन माग गर्दै काठमाडौ गएका छन् ।