धरान सिल, र्यालीमा सहभागि हुन हिडेकाहरुलाई विभिन्न जिल्लामा रोकियो

न्युजलय ९ भदौ २०८०, शनिवार ०४:२२ मा प्रकाशित

इटहरी । धरानमा शनिबार हिन्दूहरुको पुर्वघोषित र्याली हुन नदिन प्रशासनले धरानलाई सिल गरेको छ । 

गएरातिदेखि नै नाकाहरुमा प्रहरी तैनाथ गरी कडा चेकजाँच गरिएको छ । 

प्रशासनको अवरोधपछि धरानतिर जाने सार्वजनिक बसहरु पनि चल्न सकेका छैनन् ।

गोहत्याको विरोधमा हुन लागेको हिन्दू र्यालीमा घुसपैठ हुन सक्ने र तनावपूर्ण स्थिती सृजना हुनसक्ने सुचनापछि प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको थियो । तर हिन्दू धर्मका अगुवाहरुले भने र्याली गरेरै छाड्ने बताएका थिए । 

सुरक्षाकर्मीहरुले र्यालीमा सहभागि हुन हिडेकाहरुलाई विभिन्न जिल्लामा रोकेको खबर आएको छ । झापा, सप्तरी, उदयपुर, धनकुटा, मोरंग जिल्लामै सहभागिहरु सवार बसलाई प्रहरीले रोकेको छ ।

बस रोकिएपछि रोकिएकै ठाउँबाट विरोध प्रदर्शन र सामाजिक सञ्जालमा लाइभ गरिएका छन् ।

धार्मिक अगुवाहरुले भने शान्तीपूर्ण प्रदर्शन गर्न पाउने आफ्नो अधिकारलाई राज्यले कुण्ठित गर्न खोजेको भन्दै विरोध जनाएका छन् ।

धरान जाने सबै सवारी साधन तरहरामै रोकिए

धरानमा र्याली गरेरै छाड्ने घोषणा, प्रशासनले गोबधलाई संरक्षण गरेको आरोप

धरानमा सद्भाव र्याली, उपमेयर सहभागि, मेयर आएनन्

धार्मिक भेलाको पुर्वसन्ध्यामा धरानमा र्‍याली तथा प्रदर्शन निषेध