झापामा करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय १६ फाल्गुण २०८०, बुधबार ११:५७ मा प्रकाशित

झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

झापाको बाह्रदर्शी गाउँपालिका–६ मिलनचोक बस्ने २८ वर्षीय बुद्धराज लिम्बुको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । सोही ठाउँस्थित खेतको खाल्डोमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।