मोरङमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

न्युजलय ८ फाल्गुण २०८०, मङ्गलबार ११:५७ मा प्रकाशित

मोरङ । मोरङमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका ५ बस्ने ४१ वर्षीय रविन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारेर उर्लाबारी–४ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।