पहिलो प्रेम पत्र

न्युजलय २ फाल्गुण २०७९, मङ्गलबार १०:०९ मा प्रकाशित

न्यानो माया अनि मीठो सम्झना।।१प्रिय जिवनमा म पहिलो प्रेम पत्र तिम्रो नाममा कोर्दैछु।आशा छ मेरो यो निस्वार्थ, निश्चल, मायाका बृक्षाहरुलाइ  स्विकार गरेर फुलाइ फलाई फैलाउने छौ तर कदापि ओइलाउन  भने दिनेछैनौ।

सायद म तिम्रो न्यानो मायामा नजिकिदै फस्दैछु, र आशावादि पनि छु मलाइ बचाउने, साहारा दिने यो संसारमा तिमी मात्र छौ।त्यसैले आशा छ मेरो यो पबित्र मायाको कोशेलि प्रेमपत्र स्वइकार गर्नेछौ  प्रिय ।।

मान्छेहरु भन्थे प्रेम हुनको लागि एक नजर नै काफि छ, तर म यसको प्रतिपाद गर्थे, बिरोध गर्थे, तर आज आएर थाहा पाउदैछु प्रिय ।। म हरेक मान्छेले गर्ने भावनाका मायाका कुराहरुमा खिल्लि उडाउथे वाइयत नाटक गर्छन् तेसरी नि जिन्दगि चल्छ र भावनामा, कल्पनामा डुबेर?? भन्थे, तर हेरन प्रिय आज म आफै गलत सावित हुदैछु, तिम्रा ती निश्चत र निर्मल नयनका सामु म झुक्न पुगे या झुकाइएँ।

तिम्रो एकै नजरले मैले आफुले आफैलाई गुमाए। तिमितिरै तानिए, तर तिमी बिचरा । मेरो यस्तो प्रेमको बारे अनबिज्ञ छौ, अनजान छौ।अचम्म लाग्छ प्रिय१ किन म यसरी तिमितिर तानिए किन? म तिम्रो सामु बोल्न कुनै कुराको  प्रतिबाद गर्न, नै सक्दिन, किन? अन्यासै तिमिसामु म झुक्न पुग्छु थाहा छैन, साहेद प्रेम यहि होला?? म तिम्रा ती निर्मल आखाको सागरमा रम्न चाहान्छु, डुबुल्कि मार्न चाहान्छु र भूल्न चाहान्छु आफुले नै आफैलाई।

मैले फेर्ने हरेक स्वासमा तिम्रो प्रेमको मिठास पाउन थालेकि छु। मेरो रहेक पल्ट ढड्कने मुटु तिम्रो नाउमा ढड्किरहेको हुन्छ।तिम्रो न्यानो काखमा मेरो न्यानो माया पोखिदिने मन छ छतछुल्ल हुने गरि अनि हराउन मन छ तिमिभित्रै।यदि मेरो यो पबित्र मायालाइ अस्विकार गरौ भने पनि कुनै गुनासो त छैन प्रिय ।। किन कि मेरो प्रेम पबित्र छ, निश्चल छ। अरुको जस्तो टाइमपास र नौटङ्किको माया हैन मेरो। मेरो रहेक मुटुको ढड्कन तिमी प्रती समर्पित छन। खादा, बस्दा, हिड्दा जहाँ जे गर्दा पनि तिम्रै तस्विर यी नयन वरिपरि घुन्छन। हरेक पटक मोबाइलको लक खोलेर हेर्ने गरेकि छु तिम्रो प्रतिबिम्ब सामासजिक सञ्जाल फेस्बुक म्यासेन्जर खोल्न हुदैन सब भन्दा पहिला तिम्रो नाउ खोज्न पुग्छु कुनै सवाल जबाफ आयो कि भनेर म्यासिन्जरको टोन बज्न साथ तिम्रै कल आयो कि भनेर हर्षिर हुँदै हेर्छु र निराश हुँदै फर्किन्छु।

लाग्छ मेरा लागि प्रेम एक आत्मिय बन्धन हो। जहाँ, मनसंग मात्रै मनको गहिराइ नापिन्छ? के तिमी यस कुरामा सहमत छौ?? के तिम्रो मायामा रम्ने हक दिन्छौ त?  मलाइ ? म तिम्रो जवाफको प्रतीक्षामा बसिरहने छु, कानान्तरसम्म अनि निश्चल माया गरिरहनेछु।

हेरन प्रिय !  जिन्दगी चलाउन त कसैन कसैको साहारा  लिनै पर्दौ रहेछ। जिन्दगी त एक रथ न रहेछ। पुरुष एक पाङ्ग्रो अनि नारि अर्को पाङ्ग्रो , यी दुई पाङ्ग्रा बिना जिन्दगि अधुरो र अपुरो हुन् जान्छ रे? त्यसैले मैले मेरो रथको एउटा पाङ्ग्रो तिमिलाइ सुम्पने निर्यण गरेकि छु के तिमिलाइ म जाएज छु? म तिम्रो लागि सुहाउछु? हेरन अब त घरमा पनि दिनका दिदै बिबाहको कुरा चल्न थालि सक्यो। त्यसैले आज हिम्मत जुटाएर तिमी सामु मेरा मन भित्र गुम्सिएका हरेक भावना पोख्ने निर्णय गरेकि हुँ।

यो नसोच कि म तिम्रो रुप, धन, युरोपियन देशको बिलाशिता देखेर पछि लागेकि हैन प्रिय।। लाग्छ धन सम्पति त हातको मैला न हो क्षणभरको लागि त रहन्छ हिजोका करोडपतिहरु आज रोडपति भएको पनि देखेकि छु। रुप त त्यो भोलि चाउरेर जाने छालान हो। त्यसैले मैले तिम्रो मनसंग प्रेम गरेकि हुँ र सदावहार गरिरहने छु तिमी गर या नगर ।।  नातेदार आफ्नहरुले अनेकौ केटाहरु ल्याउछन तर मेरो मन तिमी बाहेक कसैकोमा जान चाहादैन हरेकको प्रस्तावलाई कयौपटक अस्वइकार गरिसके अब त सबै जोरिपरिले पनि भन्न थालिसके कस्तासंग जादिरैछे  हेरम ? त्यसैले प्रिय।। दुनियाँको सामु तिम्रो अंङ्गालोमा बाधिएर जान मन छ ।।

बास्तबमा प्रेम दुई बिपरित लिङ्गी बिचमा मात्र हुदैन।प्रेम त घर परिवार, आफ्न्तसंग पनि हुन्छ। त्यसैले प्रेम एक बाच्ने आधार पनि हो, प्रेमले मानिसलाइ बाच्ने उर्जा दिन्छ तर घर परिवार बिचको प्रेम र तिमिसंगको प्रेममा धेरै भिन्नता पाउन थालेकि छु यसर्थ मलाइ लाग्छ माया गर्ने हरुका लागि बर्षमा एक दिन (आज) मात्र हैन हरेक दिन प्रेम दिवस हुन्छ।

आधुनिकता र देखावटि पनको चकचक्ति  चलेको छ यहाँ, माया प्रदशन गर्नेहरुको होडवाजि चलेकोछ।

तर मेरो माया फेसन हैन, मेरो माया कच्चा छैन प्रिय, भ्यालेन्टाइनडे आफैमा एक रोमान्टिक प्रेममय दिन हो।

मानव जिवनमा प्रेम एक अक्सिजन जस्तै हो रैछ।

भ्यालेन्टाइनमा सबै भन्दा बढि रातो गुलाफको आदनप्रदान हुन्छ रे। यसलाइ प्रेमप्रस्तवको रुपमा लिइन्छ रे। फूल स्विकारे प्रेमप्रस्ताव स्विकारेको मान्यता लिइन्छ रे? रङ्गिन गुलाफ प्रेम र मुटुको धढ्कनको प्रतीक मानिन्छ रे? त्यसैले भ्यालेन्टाइनमा गुलाफी रङ्गको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब मात्र तिम्रो लागि धड्किन्छ भन्नु रे प्रिय ।। त्यसकारण मेरो मन तिम्रो मायामा रमाउन थालेको छ आइ लभ यू  प्रिय ।

तिम्रो सम्बोधनमा कति मिठास छ, कति आदर हर्ष , त्याग र समर्पण छ प्रिय्।।  म कुनै शब्दमा वर्णन गर्नै सक्दिन। मेरो यो अतृप्त मनलाइ सम्हालेर बिचारको माध्यमबाट हसाउने हक मात्र तिमिलाइ दिएकि छु ल? तिम्रो निस्वार्थ माया, मोहनी रुप र अथाह खुसिहरु बिच थाहा नै नपाइ सुस्त सुस्त म तिम्रो मायाको छाहारिमा ओतलाग्न पुगेकि छु प्रिय।। आशा छ छाहारि दिनछौ ।।

उहीँ तिम्रो सानु विन्दु ओझा(शीत) 

भोजपुर हाल सुन्दरहरैचा मोरङ