४७.५५ अंकले बढ्यो सेयर बजार

न्युजलय १३ पुस २०८२, आइतबार ०३:५४ मा प्रकाशित

काठमाडौं । आइतबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ८.२५ अंकले बढेर ४५६.७८ विन्दुमा अडिएको छ।

३२८ स्क्रिप्सको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३८ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो।