उर्लाबारी। पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका मोरङ पथरीशनिश्चरे–१ का वडिविल्डर्स प्रकाश राईको मृत्यु भएको छ ।
बुधबार बिहान मुटुमा समस्या भएको थाहा पाएपछि ४५ वर्षीय राईलाई काठमाडौँको धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । राईको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाँच वटा उमेर समूहका खेलाडीलाई पछि पार्दै शनिबार मात्र मिस्टर काठमाडौँको उपाधि जितेका राईले ७५ केजी समूहबाट प्रतिस्पर्धामा भाग लिएका थिए ।
मोरङको उर्लाबारी–४ मा फोनिक्स फिटशाला सञ्चालन गर्दै आएका राई स्थानीय शुभेच्छुकसँग खुसी साट्न केही दिनपछि आउने तयारीमा थिए ।