काठमाडौं । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को सिजन २ मा इटहरीका बाल प्रतिभा रिजन डाँगी शीर्ष १६ मा पुगेका छन् ।
आफ्नो गायकीले सबै एपिसोडमा दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका १२ वर्षिय रिजनले शुक्रबारबाट सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
हुन त रिजनले पहिलो एपिसोडमै दर्शक तथा जजहरुलाई अचम्मित बनाइदिएका थिए । उनको प्रस्तुतीपछि चारै जना कोचले कुर्सी घुमाएका थिए भने दर्शकले वन्स मोरको हुटिङ गरेका थिए । त्यसपछि हरेक एपिसोडमा दर्शक स्र्रोता तथा जजको मन जित्दै आएका रिजन इटहरीस्थित विश्व आदर्श स्कुलमा अध्ययनरत छन् ।
विहीबार मात्रै पनि रिजन र भारतीय रियालिटी शो सारेगमप लिटल चाम्प्समा तेस्रो स्थान हाँसिल गरेर विश्वभर चर्चित बनेका प्रितम आचार्यले संगीत साधना प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सँगै प्रस्तुती दिएका थिए । साथै रिजनले भोटको लागि सहयोगसमेत मागेका थिए ।