बाबुल गिरीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

न्युजलय १० कार्तिक २०८२, आइतबार ०३:३४ मा प्रकाशित

काठमाडौं। गायक बाबुल गिरीलाई काठमाडौँ जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। अदालतले आइतबार आत्महत्या दुरुत्साहन मुद्दामा गिरीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

सिन्धुपाल्चोक मेलम्ची नगरपलिका–६ का ३३ वर्षीय गिरी शुक्रबार पक्राउ परेका थिए। मृतक गायिका नीतु पौडेलका आफन्तले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएसँगै प्रहरीले गिरीलाई पक्राउ गरेको थियो।

शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी ३० वर्षीया वर्षीया पौडेलको उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको थियो। उनको मृत्युपछि परिवारले गिरीविरूद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए। 

अदालतको आदेशसँगै गिरी र पौडेलबीचको सम्बन्धबारे अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।