२०७८ साल माघ ६ गते बिहिबार

झापाबाट तास खेल्ने ४ जना पक्राउ

न्युजलय २५ असोज २०७८, सोमबार ०२:३९ मा प्रकाशित


झापा ।  तास खेलिरहेको अवस्थामा झापाबाट ४ जना पक्राउ परेका छन् । 

कमल गाउँपालिका–४ बस्ने ३३ वर्षीय संजिव लिम्बुको ल्याण्ड होटलमा तास खेलिरहेको अवस्थामा लिम्बु लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।