आज २ फाल्गुण २०८२ शनिवारको राशिफल

न्युजलय २ फाल्गुण २०८२, शनिवार ०६:१० मा प्रकाशित

मेष । धार्मिक र सांस्कृतिक क्रियाकलापहरूमा सहभागी भइएला। हतार नगरी प्राथमिकताका काममा जोड दिनु उपयुक्त रहनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षामा गुरुजनहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृष । खानपिनमा ध्यान दिनुहोस्। आफन्तहरूको साथ नमिल्नाले मनोबलमा कमी आउनेछ। आध्यात्मिक ज्ञानमा विकास हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन । साझेदारी व्यापारमा लाभ हुनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ। काममा नेतृत्व क्षमता देखिनेछ। नयाँ सम्झौताहरूले भविष्यमा लाभ दिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट । योजनाहरू सफल रहनेछन्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आर्थिक मुद्दा मामिलाहरूमा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह । संवाद मजबुत रहनेछ। सन्तानको प्रगतिलाई लिएर मनमा चिन्ता रहनेछ। प्रेम सम्बन्धमा मजबुती आउनेछ। आजको शुभ रंग साही आकाशी हो भने शुभ अंक ४ रहेको छ।

कन्या । प्रियजनको साथले दिन उत्साहवर्धक रहनेछ। कानुनी मुद्दा मामलाहरू सुल्झिने छन्। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

तुला । राजनीतिक क्षेत्रमा सकारात्मक छवि निर्माण गर्न सकिन्छ। व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक । भौतिक साधन संग्रह गर्ने योग छ। रचनात्मक कार्यमा जोडिएर आफ्नो प्रतिभालाई प्रदर्शित गर्ने अवसर पाइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

धनु । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। कुनै कुराको पूर्णताले मनमा शान्ति छाउनेछ। साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

मकर । अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। वैदेशिक रोजगारलाई लिएर नयाँ अवसरहरू फेला पर्नेछन्। शत्रुहरूको सक्रियता बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

कुम्भ । आर्थिक पक्ष सबल रहनेछ भने लाभका नयाँ स्रोतहरू निर्माण गर्न सकिनेछ। सम्बन्धमा गहिरो समझदारीको विकास हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन । नयाँ कामको जग बसाउने अवसर रहेको छ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। गृहणीहरूको घरायसी कामकाजमा धेरै समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

स्रोत हाम्रोपात्रो