इटहरीमा एक युवकको हत्या

न्युजलय ६ जेठ २०८१, आइतबार ०२:०३ मा प्रकाशित

इटहरी । इटहरीमा एक जना युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ । इटहरी –७ बस्ने २८ वर्षीय भीम भन्ने राम कुमार पण्डितको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय उमेश चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

सोही उपमहानगरपालिका–७ रामजानकी टोलमा उमेशले धारिलो हतियार खुकुरी प्रहार गर्दा रामकुमारको घटनास्थलमै मृत्यु भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।