काठमाडौं । गायिका त्रिशलाले आफू प्रेममा रहेको कुरा सार्वजनिक गरेकी छन् ।
आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत आफू प्रेममा रहेको संकेत गरेकी हुन् । उनले सेयर गरेका तस्वीर र क्याप्सन हेर्दा उनी संगीतकार रोहित शाक्यसँग प्रेममा रहेको अड्कल सजिलै काट्न सकिन्छ ।
रोहितसँगको तस्वीर सेयर गर्दै त्रिशलाले लेखेकी छन्, ‘भर्खरै मैले महसुस गरें कि हामी लामो समयसम्म साथी बन्न सक्छौं । तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले तिमीलाई मन पराउँछु ।’
त्रिशला गुरुङ कभर गीत गाएर चर्चामा आएकी गायिका हुन् । पेसाले त्रिशला चिकित्सक समेत हुन् ।