काठमाडौं । शुक्रबार(आज) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य अधिकतम ९०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कारोवार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । घटेको मूल्य अनुसार आज चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।