काठमाडौँ । बुधबार(आज) एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ तोकेको छ । मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
मंगलबार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएकोमा चाँदी बुधबार ११ सय ७५ मा घटेको छ ।