गीतकार खिम केसीको ‘आमा’ सार्वजनिक (भिडियोसहित)

न्युजलय १७ बैशाख २०७९, शनिवार ०९:०१ मा प्रकाशित

काठमाडौं । गीतकार खिम केसीको गीत ‘आमा’ सार्वजनिक भएको छ । ‘लाटोकोसेरो फिल्मस्’को प्रस्तुति रहेको गीतमा सनुप पौडेलको स्वर छ भने राजन इसानले संगीत भरेका छन्। 

 

गीतमा आमाको महत्व दर्शाइएको छ। आमा(छोरा एकअर्काबाट टाढा रहँदा छोराको मनमा चल्ने भावनामा गीत केन्द्रीत छ। गीतमार्फत् आमालाई विशेष दिन आमाको मुख हेर्ने दिनको कोसेली दिन खोजेका गीतकार केसीले बताए। 


गीतको म्युजिक भिडियोमा रेणु नेपाल, मनीष पौडेल र शाश्वत भण्डारीले अभिनय गरेका छन्। भिडियो सम्पादन र निर्देशन बिजेस पौडेल र छायांकन नीरज श्रेष्ठले गरेका छन्।