वेस्टइन्डिजका ब्याटरले नेपाल टि-२० लिग खेल्ने

न्युजलय ३ पुस २०७९, आइतबार १२:२१ मा प्रकाशित

काठमाडौं । वेस्टइन्डिजका अनुभवी ब्याटर चाडविक वाल्टनले अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिग जनकपुर रोयल्सबाट खेल्ने भएका छन् ।


३७ वर्षीय वेस्टइन्डिज ब्याटर वाल्टनले सम्झौता गरेको जनकपुरले जनाएको छ । उनले वेस्टइन्डिजबाट दुई टेस्टमा १३ रन, ९ ओडिआईमा ५३ रन र १९ टि२० खेलमा २ सय २५ रन बनाएका छन् ।


वेस्टइन्डिजको टोलीमा खराब प्रदर्शनको कारण उनी लामो समय देखि टोलीमा छैनन् । उनले अन्तिम पटक वेस्टइन्डिजबाट २०१८ मा बंगलादेशविरुद्ध खेलेका थिए ।


वेस्टइन्डिजको टोलीमा प्रदर्शन खराब रहेपनि उनी विदेशी लिगमा राम्रो गर्दै आएका छन् । 


जनकपुरको मार्की खेलाडीमा सोमपाल कामी र मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् । सोमपालसँगै टोलीमा सन्दीप जोरा, मोहम्मद आदिल आलम, दीलिप नाथ, ललितनारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सरार्फ, जितेन्द्र मुखिया, खडक बोहरा र राजेश पुलामी मगर छन् । जनकपुरले पहिलो खेल २४ डिसेम्बरमा पोखरसँग खेल्नेछ ।