मेष । महत्वपूर्ण कार्यलाई समयमा सम्पादन गर्न सकिनेछ। कानुनी मुद्दा मामलाहरूमा पक्ष सबल रहनेछ। गुप्त शत्रुहरूबाट सतर्क रहनुहोला। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
वृष । चलिरहेको कार्यमा आकस्मिक बाधा आउँनेछ। आफूभन्दा ठूलाको कुरालाई सम्मान दिनुहोस्। आर्थिक कारोबारमा लापरवाहीले हानी नोक्सानी बेहोर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन । साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। मार्केटिंग क्षेत्रबाट जोडिएकाहरुको लागि नयाँ टार्गेट मिल्नेछ। पारिवारिक सद्भावमा कमी आउला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट । कारोबार सम्बन्धी समस्याको समाधान हुनेछ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। सोशल मिडियामा हजुरको कामको सराहना हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह । व्यापार व्यवसायमा पुरानो सम्पर्कहरूबाट नयाँ अनुबन्ध मिल्ला। आपसी सहमतिले सम्वन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
कन्या । अहिले गरेको मेहनतले भविष्यमा लाभ दिनेछ। उधारो धन फिर्ता लिने समय रहेको छ। महत्वपूर्ण योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
तुला । वैदेशिक रोजगारमा सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। नयाँ योजनाहरू प्रारम्भ गर्नु भन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक । घरमा अतिथिको आगमनले खर्चमा वृद्धि हुनेछ। सरकारी काममा सोचेभन्दा बढी समय लाग्ला। रचनात्मक कार्यतिर मन जानेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
धनु । लेनदेनमा सावधानी अपनाउनुहोस्। सन्तानको करियरलाई लिएर चिन्ता दूर हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आफन्तहरूको माझ रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर । धार्मिक यात्राका रूपरेखा बन्नेछन्। सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। छरछिमेकीसँग वादविवाद हुनबाट जोगिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ । आत्मविश्वासमा कमी आउँनेछ। आश्वासन मात्र देखाउनेहरूबाट सावधान रहनुहोला। नोकरी वा पेशामा विरोधीहरू सक्रिय रहनेछन्। कुरा गर्दा शब्द चयनमा ध्यान दिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
मीन । उच्च अधिकारीहरूबाट सहयोग पाइनेछ। साझेदारी व्यापारमा नयाँ अनुबन्धहरू गर्नुपर्ला। प्रेम र मित्रताको बन्धन कसिनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
स्रोत हाम्रोपात्रो