आजको सुनचाँदीको मूल्य

न्युजलय २४ माघ २०७९, मङ्गलबार ०४:४७ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन र १ हजार ३२० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।