२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

न्युजलय ६ कार्तिक २०८१, मङ्गलबार ०१:३४ मा प्रकाशित

काठमाडौँ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । 

 तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । 

ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ईडिसिडीको किटजन्य शाखाका अनुसार कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि काठमाडौँ र कास्कीमा धेरैमा सङ्क्रमण देखिएको छ।  

काठमाडौंमा तीन हजार ५९४, कास्कीमा तीन हजार हजार १८८, तनहुँमा दुई हजार १९५, पर्वतमा एक हजार ५८८, चितवनमा एक हजार २९, ललितपुरमा ९६८, बागलुङमा ८२१, गोरखामा ७७२, भक्तपुरमा ६२४, कैलालीमा ४०८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

प्रदेश अन्तर्गत कोशी प्रदेशमा एक हजार ६४६ जनामा डेंगु पुष्टि भएको छ।