इटहरी । स्व. धरणीधर दाहालको ९७ औं जन्मजयन्तीको अवसरमा इटहरीमा दुई जनालाई सम्मान गरिने भएको छ । भाषाविद प्राध्यापक डाक्टर चुडामणी बन्धु र प्राज्ञ वरिष्ठ गायक, संगितकार लेखक बुलु मुकारुङ्गलाई इटहरीमा सम्मान गरिने भएको हो ।
इटहरी साहित्यिक समुह र धरणीधर दाहाल स्मृति प्रतिष्ठानले दुवै जनालाई ५०–५० हजार रुपैयासहित ताम्रपत्रले सम्मान गर्ने इटहरी साहित्यिक समुहका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए ।
इटहरी साहित्यिक समुह र धरणीधर दाहाल स्मृति प्रतिष्ठानले वि.सं. २०७१ सालदेखि धरणीधर दाहालको स्मृतिमा पुरस्कार वितरण तथा सम्मान गर्दै आएको छ । प्रतिष्ठानका संयोजक ज्ञानेन्द्र दाहालले भाषा, साहित्य, कला, पत्रकारिता तथा समाजसेवीहरुलाई पुरस्कृत र सम्मान गर्ने प्रतिष्ठानको नीतिअनुसार सम्मान गर्दै आएको बताए ।