आज २ कार्तिक २०८२ आइतवारको राशिफल

न्युजलय ३ कार्तिक २०८२, आइतबार १२:०१ मा प्रकाशित

मेष । कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। चिताएको कार्यसम्पादन हुन समय लाग्नेछ। मेहनत र परिश्रम लक्ष्य प्राप्तिमा सहायक हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृष । रचनात्मक वा लेखन कलामा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन । शुभचिन्तकहरूको कुरालाई वेवास्था नगर्नुहोस्। व्यापार व्यवसायमा ग्राहकहरूको मन जित्ने प्रयास गर्नुहोला। परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट । अनावश्यक कुराको पछि लाग्दा समस्या निम्तिनेछ। रोकिएका कार्यमा सफलता मिल्नेछ। महत्वपूर्ण कार्यहरूलाई योजना बनाएर काम गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

सिंह । पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आफन्तहरू मध्य स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। साइनो गास्नेहरूको भरपर्दा दुःख पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

कन्या । करियरलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। सहयोगीहरूको साथ मिल्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

तुला । परिश्रम अनुसार परिणामको प्राप्ति नहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक । राम्रो कर्मफलको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। दाजुभाईमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

धनु । नोकरी वा पेशामा प्रभुत्व स्थापित गर्न सकिनेछ। अरुको कुरा सुनेर कुनै निर्णयमा नपुग्नुहोस्। पिताको सहयोगले रोकिएको काम बन्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

मकर । धर्मकर्ममा मन लाग्नेछ। भाग्यको साथ पाइनेछ। भविष्यको लागि रुचिको विषयमा लगानी लगाउन सक्नुहुनेछ। संवैधानिक पदको मर्यादा राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ । स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान राख्नुहोला। नयाँ कार्यको थालनी गर्न उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा राम्रो सफलता हात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन । साझेदारी व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। मानसम्मानमा वृद्धि हुनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

स्रोत हाम्रोपात्रो