काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको आधारभूत विद्यालय घर्तीकाँडामा अध्ययनरत दुई दाजुबहिनीको खोलाले बगाएर मृत्यु भएको छ। स्कुल पढाइ सकाएर घर फर्किने बेला खोला तर्दा बाढी आएपछि दुई दाजुबहिनी बगेका हुन्।
चौरजहारी–६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार स्कुलबाट घर फर्किंदा खोलाले बगाएर मृत्यु भएको हो।आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा अकस्मात बाढी आएपछि दुई दाजुबहिनीलाई बगाएको हो।
विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा बाढी आएपछि उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दाजुबहिनीको शव फेला परिसकेको बताइएको छ। । मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए।