झापामा परस्त्रीसँग जंगल गएका स्वास्थ्य शाखा प्रमुखलाई आफ्नै श्रीमतीले भेटेपछि पर्यो लफडा

न्युजलय १२ असोज २०८०, शुक्रबार ०४:३३ मा प्रकाशित

झापा । झापाको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत परस्त्रीसंग आपत्तिजनक अवस्थामा भेटिएका छन् ।


नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो ।


ती महिलालाई बस्नेतले लिएर हिडेको देखेपछि उनकी श्रीमतीले पिछा गर्दा जंगलमा आपत्तिजनक अवस्थामा भेटिए पछि घटना बाहिरिएको हो । सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोमा कार्यलय पोसाकमै रहेका बस्नेतलाई आफ्नै श्रीमतीले परस्त्रीसँग जंगलमा भेटेपछि केहिबेर कुटाकुटसम्म भएको देखिन्छ ।


कुनै सुनसान जंगल जस्तो देखिने स्थानमा देखिएका स्वास्थ्य शाखा प्रमुख बस्नेत र उनकी श्रीमती साथै अनुहार लुकाएर उभिएकी महिलाको अवस्था हेर्दा सामान्य देखिँदैन । बाटोको डिलमा स्कुटर लडेको साथै फुटेको अवस्थालाई नियाल्दा पनि अनुमान लगाउन सकिन्छ कि घटनाले ठूलै रुप लिएको छ ।


साथै सो भिडियोलाई लिएर कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा पोष्टहरु आउन थालेका छन् । पछिल्लो समय पूर्वका केही पालिकाका कर्मचारी यौनजन्य अनैतिक क्रियाकलापमा संलग्न भएको घटना बढ्दो रहेको छ । यसअघि झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु निरौला, इलाम माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईको अनैतिक क्रियाकलाप सार्वजनिक भएके थियो । जिक सञ्जालमा पोष्टहरु आउन थालेका छन् ।