माग्ने बुढाको फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक (भिडियोसहित)

न्युजलय १६ असार २०८२, सोमबार ०९:०९ मा प्रकाशित

काठमाडौँ । फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएको छ।

केदार घिमिरे (माग्ने बुढा)को मुख्य भूमिका रहेको फिल्मको टिजर सोमबार रिलिज गरिएको हो। 

टिजरभर केदार हाबी छन्। यसमा उनी ‘माग्ने राजा’ को भूमिकामा छन्।

टिजरमा केदारसहित विल्सन विक्रम राई, वर्षा शिवाकोटी, शिशिर वाङ्देललगायत कलाकारहरू देखिएका छन्। 

ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मको प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्। सामिप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मको  निर्मातामा मधुसुदन शर्मा छन्। 

फिल्म तीजको अवसर पारेर भदौं ६ गतेदेखि प्रदर्शनमा आउनेछ।