१५२ जना यात्रु लिएर थाइल्याण्ड उडेको विमान बंगलादेशमा आकस्मिक अवतरण

न्युजलय १४ मङ्सिर २०७९, बुधबार ०८:२६ मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको विमान बंगलादेशमा आकस्मिक अवतरण गरेको छ । इन्डिकेटरमा समस्या आएपछि १५२ जना यात्रु लिएर उडेको विमान बंगलादेशमा अवतरण गरेको नेपाल वायु सेवा निगम स्रोतले जानकारी दियो ।


निगमको न्यारो बडी विमान बंगलादेशको चटगाउँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । प्राविधिक जाँचपछि फेरि सो विमान उडाउने तयारी भइरहेको जनाइएको छ ।