बर्दियामा पाटे बाघको आक्रमणबाट एक जना बेपत्ता

न्युजलय २५ असोज २०७८, सोमबार ०८:५५ मा प्रकाशित

बर्दिया । बर्दियामा पाटे बाघले एक जनालाई बेपत्ता बनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ४ ढुकुनियामा पाटे बाघले ४० वर्षका जनकबहादुर थारुलाई लिएर बेपत्ता बनाएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए । 


आज सोमबार दिउँसो गेरुवा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थापाले बताए । 


थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चार वटा हात्तीसहितको टोलीले खोजी गरिरहेको छ ।