‘कुमकुम भाग्य’ की अभिनेत्री संचिता उगलेको निधन

न्युजलय ३२ जेठ २०८३, सोमबार ०३:०५ मा प्रकाशित

काठमाडौं । भारतीय टीभी सिरियल तथा फिल्म अभिनेत्री संचिता उगलेको निधन भएको छ। उनी मुम्बईको वसई क्षेत्रमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्। 

भारतीय संचारमाध्यमका अनुसार ३० वर्षीया संचिताले आत्महत्या गरेको आशंका गरिएको छ। घटनापछि प्रहरीले अनुसन्धान सुरू गरेको जनाइएको छ।

घटना हुनुअघि संचिताले इन्स्टाग्राममा एउटा रील भिडिओ पोस्ट गरेकी थिइन्, जसमा उनी खुसी र उत्साहित देखिएकी थिइन्। 

उनको पारिवारिक अवस्थाबारे बताइएअनुसार उनी आमाबुबा र बहिनीसँग बस्दै आएकी थिइन्। 

संचिताले टेलिभिजनका लोकप्रिय धारावाहिकहरू ‘कुमकुम भाग्य’  र ‘वागले की दुनिया’ मा अभिनय गरेकी थिइन्।