आज खीर खान करिब ५० लाख लिटर दूध खपत

न्युजलय १६ साउन २०७९, सोमबार ०२:२१ मा प्रकाशित

काठमाडौं । आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ ।


आज करिब ५० लाख लिटर दूध खपत भएको छ । नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको माग अनुसार पुर्‍याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भएको थियो ।


उनले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताए ।


एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जोगाऔँ’ नाराका साथ देशभर सबैलाई खीर खान आह्वान गर्दै सबै प्रदेशहरुमा खीर खुवाउने कार्यक्रम गरेको थियो ।


केन्द्रीयस्तरको कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, मन्त्रालयका सचिव दीपककुमार खराल लगायतको उपस्थिति रहेको थियो ।