यू–१९ क्रिकेट प्रतियोगितामा प्रदेश १ द्वारा मधेस पराजित

न्युजलय १३ मङ्सिर २०७९, मङ्गलबार ११:५७ मा प्रकाशित

काठमाडौं । यू–१९ क्रिकेट प्रतियोगितामा प्रदेश १ ले मधेस प्रदेशलाई पराजित गरेको छ। मूलपानी क्रिकेट प्रतियोगितामा प्रदेश १ ले मधेसलाई १० विकेटले पराजित गरेको हो।


प्रदेश १ को यो दोस्रो जित हो भने मधेसको लगातार तेस्रो हार हो। ४ अंकसहित प्रदेश एक चौथो स्थानमा छ। अंकविहीन मधेस भने पुछारमा छ।

 

७१ रनको सामान्य लक्ष्य प्रदेश १ ले १९ं२ ओभरमा कुनै विकेटको क्षतिमा भेट्टायो। प्रदेश १ का लागि सोनु अन्सारीले अविजित ४५ र सुभान गहतराजले अविजित २४ रन जोडे। सोनुले ६७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।


पहिले ब्याटिङ गरेको मधेसले ३१।३ ओभरमा अलआउट हुँदा ७० रन बनायो । मधेसका लागि मयन यादवले १९ र डब्लु मलिकले १२ रन जोडे। प्रदेश(१ का लागि दीपेश कँडेल र विपिन महतोले ३–३ विकेट लिए। सन्देश भट्टराईले २ तथा आशिष मगर र अश्विन महतोले १–१ विकेट लिए।