बढ्यो सुनको भाउ

न्युजलय २० कार्तिक २०७९, आइतबार ०४:५४ मा प्रकाशित

काठमाण्डौ । सुनको भाउ आइतबार (आज) एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।