बुढासुब्बा गोल्डकप : युकेएफसी भारतलाई हराउँदै काँकडभिट्टा फाइनलमा

न्युजलय १८ फाल्गुण २०७९, बिहिबार १२:०३ मा प्रकाशित

इटहरी । बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतलाई ३–१ गोल अन्तरले हराउँदै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

धरान रंगशालामा भएको खेलमा काँकडभिट्टाका लागि सुशील राई, निशान लिम्बु र विदेशी खेलाडी यामीले एक–एक गोल गरे ।

युकेएफसीका हेमराज भुजेलले १ गोल गरे । काँकडभिट्टाले अब उपाधिका लागि भोलि बिहीबार हुने एभिनियर फुटबल क्लब क्यामरुन र एन्फा मोरङ बिचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।

प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । गोल्डकपको फाइनल खेल आगामी शनिवार हुनेछ ।