इन्दिरा जोशीले ल्याइन् भ्यालेन्टाइन विशेष गीत ‘क्यारी भेटुम’

न्युजलय ३० माघ २०८०, मङ्गलबार ०६:०१ मा प्रकाशित

काठमाडौं । भ्यालेन्टाइनको अवसर पारेर गायिका इन्दिरा जोशीले प्रेमिल गीत सार्वजनिक गरेकी छन् । 

उनले मंगलवार ‘क्यारी भेटुम’ बोलको भ्यालेन्टाइन विशेष गीत आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । 

गीतमा इन्दिरालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् । राजनराजकै संगीत रहेको गीतका शब्द राजेन्द्र थापाको रहेको छ । भिडियोमा इन्दिरा जोशी स्वयं प्रस्तुत छिन्  ।  उनको जोडीका रुपमा प्रभात पल ठकुरी देखिएका छन् । 

विकास प्रसाईको निर्देशन र सम्पादन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ । भिडियोलाई राम केसीले खिचेका हुन् ।