२०८१ को पात्रो माघ १५ गतेदेखि बजारमा आउने

न्युजलय १२ माघ २०८०, शुक्रबार ०३:०६ मा प्रकाशित

काठमाडौँ । २०८१ को पात्रो माघ १५ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति दिएको जनाउँदै माघ १५ देख बजारमा आउने जनाएको छ । 

विसं २०८१ का लागि समितिले १५ वटा पात्रोलाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ ।