विश्व आदर्शले जित्यो अन्तर कलेज बिजनेस आइडिया प्रतिष्पर्धा

न्युजलय ७ असार २०८१, शुक्रबार ०९:०६ मा प्रकाशित

इटहरी । इटहरीको विश्व आदर्श कलेज अन्तर कलेज बिजनेस आइडिया प्रतियोगिताको विजेता बनेको छ । युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरीले आयोजना गरेको प्रतियोगितामा कलेजका विद्यार्थीहरुले प्रस्तुत गरेको ‘विद्यालय’ प्रोजेक्टले जित हात पारेको हो ।


विद्यार्थीहरुको समुहले देशभरका विद्यालयहरुलाई एउटै एप्लिकेसनमा समेटेर जानकारी दिने सिस्टमको योजना प्रस्तुत गरेका थिए । 


६ वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा जित हात पार्दै कलेजले १ लाख नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ । उद्योगी शिवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यवशायीहरु निर्णायकको भुमिकामा थिए । 


कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले युवाहरुलाई नयाँ आइडियाको लागि प्रोत्साहित गनुपर्ने बताए । 


विद्यार्थीको आइडिया लगानीकर्तासम्म पुर्‍याउने र लगानी जुटाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ ।