काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १८.१० अंक घटेको छ ।
सो गिरावटसँगै नेप्से परिसूचक २८०७ अंकमा झरेको छ । आज कारोबार रकम सामान्य बढेको छ ।
अघिल्लो दिन ५ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७७ करोडको भयो । ४८ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ६ को स्थिर रह्यो ।