बढ्यो सुनको मूल्य

न्युजलय ८ बैशाख २०८३, मङ्गलबार ११:२२ मा प्रकाशित

काठमाडौं । आज सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ ।