विराटनगर। मोरङमा लागु औषध तस्करी गरिरहेका एक युवकलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको रतुवामाइ नगरपालिकामा सोमबार राति लागु औषध तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हो ।
भारतबाट लागु औषध भित्रिँदै गरेको सूचनासंगै प्रहरीले रतुवामाइ नगरपालिका–१ हटियामा वाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेट बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलमा सवार स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो ।
प्रहरी देखेपछि भागेका मियाँलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरीको भनाइ छ । उनका अनुसार मियाँका साथबाट पाँच पोका ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद भएको छ ।
पक्राउ परेका मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान अघि बढाइएको छ ।