यू २० एसिया कप छनोट : नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित

न्युजलय ३० भदौ २०७९, बिहिबार १२:४२ मा प्रकाशित

काठमाडौं । यू २० एसिया कप छनोटमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको छ ।


घरेलु मैदानमा भएको खेलमा बहराइनले नेपाललाई ६–० गोलले हरायो । बहराइनले २० मिनेटमा गोलको सुरुवात गरेको थियो ।


खेलको २८औँ मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।


पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप चार गोल खायो । हारसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ ।


नेपाल पहिलो खेलमा भुटान र दोस्रो खेलमा कतारसँग पराजित भएको थियो । नेपालले अन्तिम खेल आउँदो आइतबार बङ्गलादेशसँग खेल्नेछ ।